सिलगढीदेखि काठमाडौं बस परिसेवा आजदेखि शुरू, मन्त्री फिरहाद हकीमले गरे उद्घाटन

सिलगढी (निसं): एनबीएसटीसी (नर्थ बेङ्गल स्टेट ट्रान्सपोर्ट कर्पोरेसन) अनि एउटा निजी कम्पनीको पहलमा आजदेखि सिलगढीबाट काठमाडौं बस परिसेवा शुरू भएको छ। राज्यका परिवहन मन्त्री फिरहाद हाकिमले आज बुधवार सिलगढीको जक्शनस्थित तेञ्जिङ्ग नोर्गे बस स्ट्यान्डमा दुई वटा नयाँ बसको विधिवत् उद्घाटन गरे। यस अवसरमा एनबीएसटीसी-का अध्यक्ष पार्थ प्रतिम राय लगायत प्रशासनिक अधिकारीहरू पनि उपस्थित थिए। प्राप्त जानकारी अनुसार उक्त बस सप्ताहको प्रत्येक सोमवार, बुधवार र शुक्रवारको दिन सिलगढीको तेञ्जिङ्ग नोर्गे बस स्ट्यान्डबाट अपरान्ह 3 बजे काठमाडौं प्रस्थान गर्नेछ। यसैगरी, काठमाडौबाट सप्ताहको प्रत्येक मंगलवार, बिहिवार र शनिवार अपरान्ह 3 बजे काठमाडौंबाट सिलगढीको लागि प्रस्थान गर्नेछ। मोठ 40 सीट भएको यस बसको भाडा 1500 रुपियाँ तोकिएको छ। उद्घाटन कार्यक्रममा मन्त्री मन्त्री फिरहाद हकीमले भने, यी दुवै बस भारत-नेपाल बीच चल्नेछ अनि यसले गर्दा दुवै देशमाझको सम्बन्धमा अझ प्रगाढता आउने छ। यसवाहेक, सिलगढीदेखि बंग्लादेश जाने बस सेवा पनि अब चाँडै शुरू गर्ने बारे पहल भइरहेको तिनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *