सिलगढीमा स्पाको नाममा देह व्यवसाय चलाएको आरोपमा एकजना व्यक्ति सहित 5 जना महिला पुलिस हिरासतमा

सिलगढी : स्पाको नाममा देह व्यवसाय चलाएको आरोपमा सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना पुलिसले एकजना व्यक्ति सहित 5 जना महिलालाई हिरासतमा लिएको छ। आज साँझ सिलगढीको सेभोक रोडस्थित एउटा बहुचर्चित सपिङ मलमा रहेको एभलोन नाम गरेको स्पा तथा सेलुनमा भक्ति नगर पुलिसले छापामार अभियान चलाउँदा एकजना व्यक्ति र महिलालाई आपतिजनक स्थितिमा भेट्टाए। यसपछि पुलिसले एकजना व्यक्ति सहित पाँचजना महिलालाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। स्मरण रहोस्, सेभोक रोडस्थित केही बहुचर्चित सपिङ मलमा स्पा र सेलुनको नाममा देह व्यवसाय चलिरहेको आरोप रहेको छ। मेट्रोपोलिटन पुलिसले यस व्यवसायलाई बन्द गर्नको लागि लगातार छापामार अभियान चलाइरहे तापनि यसमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *