सिलिम चियाबारीमा विविध प्रजातिको विरुवा रोपण

खरसाङ : खरसाङ महकुमाको सिलिम चियाबारी अन्तर्गत नयाँ कमानमा आज विविध प्रजातिका रूखका विरुवाहरू रोपियो। सिलिम हिल चियाबारीका निर्देशक सन्धीर अग्रवाल, रोमा अग्रवाल साथै प्रबन्धक साहब सिंह मलिकको उपस्थितिमा नयाँ कमान क्षेत्रमा मोठ 67 वटा विभिन्न प्रजातिको रुखका बिरूवाहरू रोप्ने कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त विरुवा रोपिनुको मुख्य उद्देश्य स्वच्छ र स्वास्थ्य परिवेश सृजना गर्नु अनि अहिलेको महामारीमा सुरक्षित रहनलाई उक्त कार्य गरिएको बताइएको छ। यस अवसरमा चियाबारीका निर्देशक रोमा अग्रवालले हामीले राम्रोसितले रूख रोप्न सके मास्कको अवश्यकता पर्दैन, हामीले नै पृथ्वीलाई प्रदूषित गरेका हौं र हामीले नै अधिकभन्दा अधिक रूख रोप्नपर्छ र रूख लगाएपछि सबै कुराहरू ठीक भएर जानेछ भनी बताइन् । तिनले रूख मानिस, जनावर र विशेष गरी चियाबारीको लागि एकदमै महत्वपूर्ण रहेको पनि बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *