सिलिम हिल चियाबारीका प्रबन्धकलाई भेटेर ज्ञापन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिलिम हिल चियाबारीमा श्रमिकहरूले रहल पाँच प्रतिशत बोनस तिहार अघि नै दिने प्रबन्धक पक्षले आश्वासन दिए तापनि अहिलेसम्म नदिएको श्रमिकहरूले बताएका छन् । यसैले तिहारको छुट्टीपछि बगान लागेको पहिलो दिन नै आज श्रमिकहरूको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट प्रबन्धकलाई ज्ञापन दिने कार्य गरियो। प्रबन्धकलाई ज्ञापन दिएपछि भागोप्रमो-ले प्रबन्धक पक्षलाई आगामी 1 नोभेम्बरभित्र श्रमिकहरूले पाउने राशि प्रदान गरिनु पर्ने नत्र 2 नोभेम्बरदेखि आन्दोलन गर्ने भएको बताएका छन्। चियाबारीका श्रमिकहरूको लागि पुजा बोनस 15 प्रतिशत र 5 प्रतिशत गरेर वितरण गर्ने निर्णय भएको र दसैं अघि 15 प्रतिशत र तिहार अघि 5 प्रतिशत भनिए पनि सिलिमहिल चियाबारीमा तिहार अघि पाँच प्रतिशत बोनस नहालिएको कारणले चियाबारी श्रमिकहरूले कारखानामा आएर प्रबन्धकलाई घेराउ गरे। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वमा प्रबन्धकलाई ज्ञापन दिने कार्य सम्पन्न गरियो। सिलिम हिल चियाबारीको प्रबन्धकलाई ज्ञापन पत्र दिनको साथै यदि 1 नोभेम्बरसम्म श्रमिकहरूको रहल बोनस वितरण नगरिए 2 नोभेम्बरदेखि आन्दोलनमा उत्रिने बताएका छन्।कमानका प्रबन्धकलाई भेट्ने प्रतिनिधि टोलीमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टीको सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, युवा शक्तिको समष्टि सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्री लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्रीले यसबारे जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes