सिलिम हिल चियाबारीमा दुईवटा घर पैह्रोको चपेटमा, 7 वटा घर पैह्रोको खतरामा

खरसाङ (निसं) : केही दिनदेखि लगातार रुपमा परिरहेको पानीले गर्दा खरसाङको सिलिम हिल चियाबारीमा पैह्रो गएर दुईवटा घर पैह्रोको चपेटमा परेको छ भने अन्य 6-7 वटा घरहरू पनि खतरामा परेको छ। सिलिम हिल चियाबारीको प्रदीप दर्जी र तिनको दाजु बुध्दिमान दर्जीको घर पैह्रोको चपेटमा परेको छ। दुईवटा घरहरूको ठीक मुनिबाट गएको पैह्रोले प्रदीप दर्जी र बुद्धिमान दर्जीको घर पैह्रोले लैजाने अवस्थामा पुगेको छ। दुवै घरको आँगनसहित मन्दिर, किचन र कटेरो पैह्रोले सोरेर लगेको छ। उक्त पैह्रो गत राति 12 देखि 1 बजेतिर गएको र बिहान 3 बजेतिर उठेर हेर्दा पैह्रो गएको प्रदीप दर्जीले बताए।


तिनले मेरो घरको आँगनबाट गएको पैह्रो बनाउन पहिला नै धेरैपल्ट निवेदन गरेको अनि द्वारे सरकारमा पनि आवेदन गरेको बताएका छन्। घर पैह्रोको चपेटमा परेपछि दुईवटा घरका सदस्यहरू आफन्तको घर अनि छिमेकीको घरतिर आश्रय लिएर बसेका छन्। सिलिम हिल चियाबारीमा गएको यो पैह्रोले प्रदीप दर्जी र बुद्धिमान दर्जीको घर लगायत वरिपरि रहेको आशा दर्जी, सुकवीर दर्जी, उर्गेन तामाङ, सांगे दर्जी, होमराज तामाङ आदिको घरहरू पनि प्रभावित बन्ने देखिएको छ। आफ्नो घर आँगनबाट पैह्रो गएपछि स्थानीय प्रदीप दर्जीले पत्रकारहरूसित कुराकानी गर्दै यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *