सिलिम हिल चियाबारीमा पुगेर श्रमिकहरूको धरनामा सामेल भए अजय एडवार्डस

खरसाङ (निसं): तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजनमा चलिरहेको समस्या विषय लिएर श्रमिकहरूले गरिरहेको धरना प्रदर्शनमा आज हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड पनि आइपुगेका छन्। तिनी यहाँ श्रमिकहरूसितै धरनामा पनि सामेल भए। सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानका श्रमिकहरूसितै धरनामा बसेका हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आफ्नो सम्बोधनमा जबसम्म नयाँ कमानको समस्या समाधान हुँदैन तबसम्म आफु श्रमिकहरूको साथमा रहेको बताएका छन्।


तिनले भने, यो ठूलो समस्या होइन कारण यहाँका श्रमिकहरूले ठूलो माग गरेका छैनन् केवल गाँछ नउखेल्नु भनेको मात्रै हो। त्यसैले जबसम्म यहाँको श्रमिकहरूको मांग मालिक पक्षले मान्दैन तबसम्म म पनि श्रमिकहरू सित नै लागी पर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *