सिलगढीको 23 नम्बर वार्डको एउटा घरमा आगलागी

सिलगढी (निसं): सिलगढी 23 नम्बर वार्डको महिला कलेज संलग्न इलाकाको एउटा घरमा सर्ट सर्किटको कारण आगलागी भएको छ। प्राप्त जानकारी अनुसार गत साँझ उक्त घरका एकजना सदस्यले तेस्रो तल्लाको स्टोर रूमबाट धुँवा तथा आगो निस्केको देखेपछि चिच्याउन थाले। चिच्याएको आवाज सुनेपछि अन्य सदस्यहरू घरबाट बाहिर निस्केपछि घटनाबारे दमकल विभागलाई जानकारी गराए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन र सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *