सिलगढीको कञ्चनजङ्घामा तृणमूल छात्र परिषद्को स्थापना दिवस पालन

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद्को तर्फबाट आज तृणमूल छात्र परिषद्को स्थापना दिवस पालन गरियो। सिलगढी कञ्चनजङ्घा स्टेडियमको प्राङ्गणमा पार्टीको झण्डा उत्तोलन गर्नको साथै दीप प्रज्ज्वलन गरेर, केक काटेर, परेवा उडाएर तृणमूल छात्र परिषद्को स्थापना दिवस पालन गरियो।


यस अवसरमा नगरपालिका एवम् सहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्य, सिलगढी नगरनिगमका प्रशासक गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, अलोक चक्रवर्ती, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस छात्र परिषद्का सभापति निर्णय राय लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *