सिलगढी जलपाईगढी विकास विभागको पहलमा ई-पेमेन्ट गेटवे एसजेडीए सेवाको उद्घाटन

सिलगढी : सिलगढी जलपाईगढी विकास विभाग कार्यालयमा ई-पेमेन्ट गेटवे एसजेडीए परिसेवाको आज उद्घाटन गरियो। एसजेडीए-का चेयरम्यान सौरभ चक्रवर्ती, भाइस चेयरम्यान दिलीप दुगार, एसजेडीए सदस्य गौतम गोस्वामी, काजल घोष, रञ्जन शील शर्मा लगायत अन्य अधिकारीहरूले आज औपचारिक रूपमा उक्त परिसेवाको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार नागरिकहरूलाई ल्यान्ड ट्याक्स, लाइसेन्स, लाइसेन्स फी लगायत अन्य विविध फी जम्मा गर्नको लागि एसजेडीए कार्यालय जान पर्दथ्यो। यसैले अब घरमै बसेर विभिन्न अनलाइन पेमेन्ट एप र डेभिड कार्डको माध्यमद्वारा फी बुझाउन सकिनेछ। पूर्ण रूपमा कागजविहीन कार्य सुरक्षित रूपमा सम्पन्न गरिनेछ। यसको साथै आज साधारण मानिसहरूको लागि हेल्प डेस्क पनि शुरू गरियो। यस विषयमा एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, आजदेखि डिजिटल एसजेडीए परिसेवा शुरू गरिएको छ। ई-पेमेन्ट मार्फत् पहिलोपल्ट सबै मानिसहरूलाई सेवा प्रदान गरिनेछ। अबदेखि घरमै बसेर मानिसहरूले विभिन्न एपहरू मार्फत् रुपियाँ जम्मा गर्न सक्नेछन्। अनलाइनमा सबै जानकारी सुरक्षित राखिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *