सिलगढीको बाग्राकोट इलाकाबाट 5 जना पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले गत राति बाग्राकोट इलाकाबाट पाँचजना दुष्कृतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सुभोजीत कौर, बापन स्वर्णकार, सुमन दास, रतन सरकार र विशाल रावत सामेल छन्। सिलगढी थानाले दिएको जानकारी अनुसार सिलगढी थाना पुलिसले बाग्राकोट इलाकामा डकैती गर्ने उद्देश्य लिएर धेरैजना दुष्कृतिहरू भेला भएको गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर पाँचजना दुष्कृतिलाई पक्राउ गरे तापनि अन्य केही दुष्कृतिहरू भाग्नमा सफल भएको बताइएको छ। पुलिसले तिनीहरूबाट रड तथा धेरैवटा धारिलो हतियारहरू पनि जफत गरेको छ। पुलिसले अन्य दुष्कृतिहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *