सिलगढी नगरनिगमको तर्फबाट नेताजी सुभाषचन्द्र बोसको जन्मदिन पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्मजयन्ती पालन गरियो। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले नेताजीको प्रतिकृतिमा माल्यार्पण गरे। यसबाहेक विरोधी दलका को-अर्डिनेटर रञ्जन सरकार लगायत अन्यले नेताजीको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


यसैगरी, सिलगढी उच्च बालिका विद्यालयमा पनि नेताजी सुभाष चन्द्र बोसको जन्मदिन पालन गरियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देवले राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै नेताजीको प्रतिकृतिमा फुलमाला लगाइदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *