सिमलबारीको विवादित जमिनको साफ-सफाई

सिमलबारी: जीटीए-को समतल क्षेत्र अन्तर्गत सिमलबारी मालीभिट्टामा रहेको केही जमिन कम्पनी अनि स्थानीयवासी माझ हक अधिकारको निम्ति विवादमा परेको कारण अहिले यसको मुद्दा कोर्टमा रहेको छ। उक्त जमिनमा कुनै पक्षबाट पनि केही गर्न नपाउने भएकोले हाल जमिन घना जंगलमा परिणत भइसकेकोले जंगली जनावरहरू आएर बस्ने गरेको स्थानीय मानिसहरू बताउँछन्। हालसम्म यहाँ कुनै प्रकारको जंगली पशुहरूद्वारा मानिसहरूलाई आक्रमण भएको घटना देखा नपरे तापनि निकट भविष्यमा हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्थानीय वासीन्दाहरुले वन विभाग अनि सुकना पानीघट्टा समष्टि सभासद् परेश तिर्कीलाई जानकारी दिएर जमिनको घना जंगल फाड्ने काम गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *