सिमामा बीएसएफ-ले चलाएको गोली लागेर एकजना तस्करको मृत्यु

कुचबिहार : बीएसएफ-का जवानले चलाएको गोली लागेर एकजना तस्करको मृत्यु भएको छ। मृतक व्यक्ति गितालदह 2 ग्राम पञ्चायतको भारबान्दा गाउँ निवासी प्रेम बर्मनको रूपमा चिन्हित गरिएको छ। उक्त घटना आज बिहान दिनहाटा थाना अन्तर्गत गितालदह 2 ग्राम पञ्चायतको घोषपाडा गाउँमा घटेको हो। बीएसएफ-को दावी अनुसार एकजना व्यक्ति तस्करी गरेर फर्किरहेको समय बीएसएफ-को जवानसित तिनको झगडा हुँदै उक्त व्यक्तिले बीएसएफ-का जवानमाथि हमला गर्यो। त्यस समय बीएसएफ-ले गोली चलाउँदा उक्त व्यक्तिको मृत्यु भएको बताइएको छ। मृतक व्यक्तिको परिवारको आरोप अनुसार मृतक प्रेम बर्मन एकजना तम्बाकू कृषक हुन्। तिनी आफ्नो जमिनमा तम्बाकूको खेती गर्न गएको समय बीएसएफ-ले फायरिङ गरेको हो। घटनाको खबर पाएर दिनहाटा थाना पुलिस घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *