सिमाना क्षेत्रमा पालन गरियो विश्व पर्यावरण दिवस

सुकेपोखरी : सीमा सुरक्षा बल एसएसबी, बीएन सिमाना बीओपी, वन विभागको दार्जिलिङ फरेष्ट डिभिजन अनि घुम सिमाना रेन्जको तत्वावधानमा आज सिमानामा विश्व पर्यावरण दिवस पालन गर्‍यो। वन संरक्षण अनि पर्यावरणलाई सन्तुलित बनाई राख्न रुखपात, पर्यावरणको महत्त्वलाई ध्यानमा राख्दै सिमाना बीओपी परिसरमा 100 भन्दा अधिक उन्नत प्रजातिका रुखका विरुवाहरु रोपियो। यस अवसरमा दार्जिलिङ फरेष्ट डिभिजनका एडीएफओ एसपी शर्मा, घुम सिमाना फरेष्ट रेन्जर सुरेश पाण्डे, बीट अफिसर शिखा छेत्री, भूमि संरक्षण विभाग खरसाङका रेन्जर मनोज छेत्री, एसएसबी सेकेन्ड इन कमाण्ड एडी पाण्डे, बीओपी सिमाना अनि पशुपति फाटकका जवानहरू लगायत वन विभागका कर्मचारी, एफपीसी राङभाङ सदस्यहरू र स्थानीय सामाजिक कार्यकर्ताहरू उपस्थित थिए।


विश्व पर्यावरण दिवसको अवसरमा वन विभागको घुम सिमाना रेन्जद्वारा प्रदान गरिएको विरुवाहरू आज रोप्ने कार्य गरियो। यसै सन्दर्भमा एडीएफओ शर्मा अनि रेन्जर पाण्डेले विश्व पर्यावरण दिवसको सबैलाई शुभकामना व्यक्त गर्दै वन अनि पर्यावरणको महत्व र यसको आवश्यकताबारे बुझेर सबैले वन अनि पर्यावरण संरक्षणमाथि विशेष जोड दिँदै कार्य गर्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *