सिमानामा गाई-गोरू तस्करी गर्न जाँदा बीएसएफ-को गोली लागेर तस्कर घाइते

कुचबिहार : भारत-बङ्ग्लादेश सिमानाको मध्य बालाभुतको कालजनी नदीबाट गाई-गोरू तस्करी गर्ने क्रममा 62 नम्बर बटालियनको बीएसएफ जवानले चलाएको गोली लागेर एकजना व्यक्ति घाइते भएका छन्। उक्त घटना आज बिहानै तुफानगञ्ज 1 ब्लकको मध्य बालाभुत इलाकामा घटेको हो। घाइते व्यक्ति असमको धुबरी जिल्ला निवासी साईदुल इस्लामको रूपमा चिन्हित गरिएको छ। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार तस्करी गर्न अगावै मोठ 3 वटा गाई-गोरू उद्धार भएको छ। बीएसएफ-का जवानहरूले घाइते तस्करलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे तापनि पछि तिनको अवस्था आशंकाजनक भएपछि कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *