सीमा सुरक्षा बलको तर्फबाट साइकल र्‍यालीको आयोजना

राजगञ्ज : सीमा सुरक्षा बलको तर्फबाट साइकल र्‍यालीको आयोजना गरियो। स्वतन्त्रताको 75 वर्ष पुरा गरेको उपलक्ष्यमा तथा नशामुक्त देश गठन लगायत विभिन्न विषयमा मानिसहरूलाई सचेतनामूलक सन्देश दिँदै गत 1 नोभेम्बरको दिन अगरतलाबाट एउटा साइकल र्‍यालीको आयोजना गरेको थियो भने उक्त र्‍यालीमा 18 जना बीएसएफ-का जवानहरूले अंश ग्रहण गरेका छन्। उक्त र्‍याली मेघालय, असम, धुबरी हुँदै हिजो साँझ सिलगढी आइपुगेको छ। लगभग 2 हजार 500 किलोमिटरको सडक पार गरेर आगामी 12 दिसम्बरमा कोलकातामा पुगेर र्‍याली समापन गरिने बताइएको छ। उक्त र्‍याली हिजो साँझ फुलबारी 176 बटालियनमा आइपुगेपछि आज बिहान सीमा सुरक्षा बल बीएसएफ-को नर्थ बेङ्गल फ्रन्टियरका इन्स्पेक्टर जेनरल अजय सिंहले हरियो झण्डा देखाएर उक्त र्‍यालीलाई यहाँबाट प्रस्थान गराए। यस अवसरमा बीएसएफ-का अन्य अधिकारीहरू लगायत साधारण मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *