सिमरिङ चियाबारीको अवकाशप्राप्त 39 जना श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-द्वारा सम्मान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिमरिङ चियाबारीको अवकाशप्राप्त 39 जना चियाबारी श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा सम्मान जनाइयो। सिमरिङ चियाबारीको सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रम डीबी सुब्बाको अध्यक्षता र दिवस वाइबाको सञ्चालनमा सम्पन्न भयो। उक्त कार्यक्रममा नै नरबुङ चियाबारी अन्तर्गत पर्ने सिमरिङ डिभिजनका अवकाशप्राप्त 39 जना चियाबारी श्रमिकहरूलाई खदार्पणसहित स्मृति चिन्हहरू प्रदान गरेर सम्मान जनाइयो। सबै अवकाशप्राप्त श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका पदाधिकारीहरू, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका पदाधिकारीहरूको बाहुलीबाट सम्मान जनाइयो। कार्यक्रममा स्वागत सम्भाषण सिमरिङ युनिटको दिवस वाईबाले राखेका थिए। कार्यक्रममा प्रमुख वक्ताको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका महासचिव प्रणाम रसाईलीले आफ्नो सम्भाषणमा सिमरिङ चियाबारीका श्रमिकहरूको ग्र्याजुएटी र पीएफको समस्याहरू हाम्रो टिमले समाधान गर्नलाई कार्य गर्ने आश्वासन दिए। तिनले भागोप्रमो पार्टीमा चियाबारी क्षेत्रकै लिडरहरू रहेको कारणले चियाबारी श्रमिकहरूको समस्याहरू बुझेर अनि अवकाशप्राप्त श्रमिकहरूको विषयमा पार्टी अध्यक्ष अनित थापालाई बताउन सकेको कारण आज यो सम्मान कार्यक्रम सम्पन्न गर्नलाई सफल हुन सकेको बताए। प्रणाम रसाइलीले चियाबारीमा हजुरहरूले आफ्नो बहुमूल्य समय दिएर स्याहर सुसार गरेको कारण नै चियापत्तीलाई हरियो सुन भनी भनिएको तर चियाबारी श्रमिकहरूको अवस्था भने जस्ताको तेस्तै रहेको बताए। कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गरे। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सचिव सञ्जीव मगर, सिमरिङ युनिटका समीर तामाङ लगायत अप्पर सिमरिङबाट कमल सुब्बा, मिलन राई लगायत नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes