सिमलबारीमा वीर बिरसा मुण्डाको 147औँ जन्म जयन्ती पालन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तराईको सिमलबारीमा स्वाधीनता सेनानी बीर बिरसा मुण्डाको 147औं जन्म जयन्ती आज पालन गरियो। 15 नोभेम्बर सन् 1875 सालमा जन्मेका बीर बिरसा मुण्डाको 147औँ जन्म जयन्ती आदिवासी विकास परिषदको जिल्ला अध्यक्ष गुल्सन बराईकको अध्यक्षता र सुकना पानीघट्टा समष्टीको सभासद परेस तिर्कीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।


उक्त कार्यक्रममा उपस्थित अतिथिहरूले बीर बिरसा मुण्डाको तस्वीरमा धुप-दिप प्रज्वलन गरेर खदार्पणसहित कार्यक्रम थालिएको थियो। कार्यक्रममा क्षेत्रीय सभासद परेस तिर्की, जीटीएको कार्यकारी सभासद कल्पना प्रधान, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सभाध्यक्ष आदिवासी विकास परिषदको जिल्ला अध्यक्ष गुल्सन बराईकले पनि वक्तव्य राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *