सिन्कोना प्लानटेशन वर्कर्स युनियन-को अनित थापासित भेट

खरसाङ: सिन्कोना प्लान्टेशन वर्कर्स युनियन (सीपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष एनएस गुरुङको नेतृत्वमा मङपु, मन्सोङ, लाटपञ्चर, रङ्गो सिन्कोना प्लानटेशनका केन्द्रिय समिति, चारवटा जोनल कमिटीका प्रतिनिधिहरूको एउटा टोलीले आज गोजमुमो कार्यकारी अध्यक्ष अनित थापासित भेट गरे। भेटघाट अवधि उक्त प्रतिनिधि टोलीले कार्यकारी अध्यक्ष अनित थापालाई बधाई एवम् शुभकामना दिए। भेटघाटपछि युनियनका सचिव अमृत खड्काले आजको भेटघाटमा संगठनको धेरै मुद्दाहरूमाथि विचार विमर्श भएको र संगठनको संरचना, पञ्जीकरण, सदस्यता, पर्जापट्टा, श्रमिकहरूको हितको मुद्दामाथि पनि चर्चा  परिचर्चा गरिएको जानकारी गराए। यसको साथै सिन्कोना प्लान्टेशनको थाँतीमा रहेको 3 वटा विशेष मागहरूलाई पुनः पार्टीका कार्यकारी अध्यक्ष अनित थापालाई अघि बढाएर लैजाने अनुरोध गरेको तिनले बताए। ती तीनवटा मागहरूमा प्रथम, दशकौंदेखि थाँतीमा रहेको प्रोमोसनको मुद्दा, यो मुद्दालाई कालेबुङ जिल्लाका विधायक रूदेन सादा लेप्चासँग पनि उठाएका छौं भने अनित थापाले यो मुद्दालाई सम्बन्धित विभाग तथा सरकारसमक्ष राख्ने वचन दिएका छन्।


तिनले जीटीएका मुख्य सचिव, कालेबुङका विधायक अनि युनियन माझ एउटा बैठक डाक्ने पनि वचन दिएको तिनले बातए। दोस्रो मुद्दा, प्लानटेशनको कर्मचारीहरूको बेसिक पे-को मियाद पार भइसके तापनि हालसम्म बेसिक पे रिभाइस भएको छैन। तेस्रो मुद्दा, सिन्कोना प्लानटेशनमा बस्ने श्रमिकहरूले पर्जापट्टा पाउनुपर्छ। कुन प्रकारको पहलले यो मुद्दालाई पार लगाउनु सकिन्छ यो विषय पनि चर्चा भएको तिनले जानकारी गराएका छन्। भेटघाटको समय अनित थापाले युनियनलाई तिनको नेतृत्वलाई समर्थन दिएकोमा धन्यवाद दिँदै जोनल समितिलाई अझ सशक्त बनाउन पर्नेछहामी संगठनमा विस्तारैसँग परिवर्तन ल्याउने छौं, अब काम गर्ने तरिका परिवर्तन हुनेछभातृ संगठन पार्टीको महत्वपूर्ण संगठन हो र भातृ संगठनलाई अब अझ सशक्त बनाएर लैजाने हाम्रो सोच छ भनी बताए। तिनले संगठनको संरचनादेखि निर्णय लिने क्षमता सम्ममा हामी ठोस निर्णय लिनेछौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *