सिंगेल चियाबारीको 11 परिवार हिल तृणमूल कङ्ग्रेसमा सामेल

खरसाङ : खरसाङ महकुमाको सिंगेल चिया बगान अन्तर्गत कफी बारीको क्यारेज घरमा हिल तृणमूल कङ्ग्रेसको सभा सम्पन्न गरियो। सभामा हिल तृणमूल तामाङ फोरम अध्यक्ष एवम् जीपी अध्यक्ष सन्तोष तामाङ, अप्पर सिंगेल बुथ अध्यक्ष सरन लामा, कफी बरी बुथ अध्यक्ष अर्जुन तामाङ, युवा को-अर्डिनेटर मञ्जित घतराजको विशेष उपस्थितिमा अन्य पार्टी त्यागेर आज 11 घरले हिल तृणमूल कङ्ग्रेसमा सामेल भए। तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरियो। हिल तृणमूल कङ्ग्रेस आज पहाडमा किन जरुरी छ अनि पहाडमा विकास कसरी भइरहेको छ भन्ने विषयमा सभालाई सम्बोधन गर्दै शरण लामाले जानकारी गराए। सभालाई सम्बोधन गर्दै जीपी अध्यक्ष सन्तोष तामाङले ग्राम पञ्चायत कार्यालयमार्फत राज्य सरकारले ग्रामीण क्षेत्रलाई धेरै साहुलियतहरू दिएको तर हाम्रो मानिसहरूले सही उपयोग गर्न नसकिरहेको बताए। सभामा चिया श्रमिकहरूको हक र अधिकार खोज्नको निम्ति श्रमिक संगठन तयार पारेर को-अर्डिनेटरको रूपमा उपेन तामाङ, राम घिसिङ, रञ्जित जोगी, असिम तामाङ र नितेश सुब्बालाई चयन गरियो। आज चयन भएको को-अर्डिनेटरहरूले 15 दिनको अवधिमा सबै डेक डेकबाट श्रमिकहरू, कामदारी अनि स्टाफ तथा सव-स्टाफहरूलाई लिएर कमिटी गठन गर्ने आदेश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *