सिङ्गेल चियाकमानका 200 जना श्रमिकलाई कोरोना भ्याक्सिनको पहिलो खोप

खरसाङ : कोरोना भाइरसको दोस्रो लहरको महामारीलाई ध्यानमा राखेर खरसाङको सिंगेल चिया बगानमा आज 200 जना श्रमिकहरूलाई भ्याक्सिनको पहिलो खोप लगाइएको छ । खरसाङ बजारदेखि केही मुनि रहेको सिङ्गेल चियाबारीको प्रबन्धक योगेस तामाङ लगायत प्रबन्धन पक्षबाट आयोजित साथै खरसाङ खण्ड स्वास्थ्य केन्द्र सुकनाको स्वास्थ्य कर्मीहरूको उपस्थितिमा अनि आशाकर्मीहरूको अगुवाईमा 200 जना चिया श्रमिकहरुलाई आज भ्याकसिन लगाइयो। यसरी बगानमै भ्याक्सिन लगाउने व्यवस्था गरिदिएकोमा चिया बगानको श्रमिकहरू अनि स्टाफहरूले सिङ्गेल प्रबन्धक पक्षलाई धन्यवाद दिएका छन्। यस अवसरमा सिङ्गेल चियाबारीको प्रबन्धक योगेस तामाङले पत्रकारहरूसित कुराकानी गर्दै आज सिङ्गेल चियाबारीमा 200 जना श्रमिकहरूलाई कोरोनाको भ्याक्सिन लगाउने कार्य गरिएको जनाउँदै यसको लागि हामीले सुकना खण्डको स्वास्थ्य अधिकारीसित कुराकानी गरेको र त्यसैको आधारमा आज यहाँ श्रमिकहरूलाई भ्याक्सिन लगाउने कार्य भएको बताएका छन्। तिनले यो कोरोनाको महामारीमा हाम्रो चियाबारीको श्रमिकहरूको सुरक्षाको निम्ति भ्याक्सिन लगाउने व्यवस्था गरिदिएकोमा सुकना खण्डको स्वास्थ्य अधिकारीप्रति आभार व्यक्त गरेका छन्। आजको भाक्सिन लगाउने कार्यमा सिङ्गेल चियाबारीको प्रबन्धक योगेस तामाङ लगायत सह प्रबन्धकहरू कुशल लामा, सिध्दार्थ गुरुङ, बिनेस दर्नाल लगायत सुकना खण्ड स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मीहरू, स्थानीय आशाकर्मीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *