सिंगेलका शुभम विश्वकर्म नर्थ ईस्ट सुपर स्टारमा दुईवटा उपाधि जित्न सफल

खरसाङ : खरसाङ सिंगेल चियाबारी निवासी शुभम विश्वकर्म नर्थ ईस्ट सुपर स्टारमा चौथो स्थान ओगट्न सफल भएका छन्। भारतको नर्थ ईस्ट क्षेत्रका मोठ 50 जना युवाहरूले सहभागिता जनाएको उक्त प्रतियेगितामा शुभमले अन्तिम पाँचमा आफ्नो स्थान बनाउन सफल बनेका छन्। अन्तिम 5 को चरणमा पुगेर शुभमले चौथो स्थान हासिल गरे भने यस प्रतियेगितामा शुभम विश्वकर्मले मिस्टर बेस्ट ट्यालेन्ट र मिस्टर बेस्ट एटिट्युट-को उपाधि पनि जित्न सफल भएका छन्। खरसाङको सिंगेल चियाबारीका पिता स्व. शहदेव विश्वकर्म र माता शान्ति विश्वकर्मको पुत्र शुभमले गत 20 दिसम्बरको दिन असमको गुवाहाटीमा भएको नर्थ ईस्ट सुपर स्टारमा सहभागी जनाएर चौथो स्थान आउनको साथै दुईवटा टाइटल पनि आफ्नो नाममा गर्न सफल भएका छन्। शुभमले यसभन्दा पहिला 2019 खरसाङ नेक्स्ट टप मोडलमा पनि भाग लिएर तेस्रो हुन सफल भएका थिए भने तिनले केही म्युजिक भिडियोतिर पनि आफ्नो अभिनय गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *