सिङ्ला शान्ति बस्तीमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रम

सुकेपोखरी : गोर्खा च्यारिटेबल हस्पिटल साङ्गठनिक समिति  को-अर्डिनेटर द्वय डिम्पल राई अनि पूजा राईको सक्रियतामा तथा अनि स्वनिर्भर समूहको संयोजनामा सिङला शान्ति बस्तीमा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरियो।  रामु सुब्बाको अध्यक्षतामा सम्पन्न सभालाई सुमीत तामाङले सञ्चालन गरेका थिए। सभामा भानु शर्मा, सीके शर्मा, सङठनका महासचिव सुरेन प्रधान आदिले गोर्खा च्यारिटेबल हस्पिटलबारे सबैलाई विस्तृत रूपमा जानकारी गराए। सभामा शान्ति बस्ती क्षेत्रबाट 11 जना को-अर्डिनेटर चयन गरियो। हाल कोरोना महामारीको समयमा यहाँबाट कसैलाई पनि उपचारको निम्ति सिलगढ़ी जान परे अथवा डाक्टर तथा नर्सिङ होमबारे सटीक जानकारी नभएको खण्डमा गोर्खा च्यारिटेबल हस्पिटलको हेल्प लाइन नम्बर 9851260369 मा सम्पर्क गर्न सक्ने सुरेन प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *