सिङ्गताम बगान प्रबन्धक विरुद्ध सिटुको सभा

मिरिक: सिङ्गताम चिया बगानमा सिटुले प्रबन्धकको नोटिस विरूद्ध आवाज उठाएको छ। आज सिटुले कमानमा श्रमिकहरूको उपस्थितिमा विरोध सभा सम्पन्न गऱ्यो। यस अवसरमा श्रमिकहरूलाई सम्बोधन गर्दै अनुप केसीले कमान प्रबन्धकको हैकमवाद तथा तानाशाह नीतिको घोर विरोध जनाए। श्रमिक नेता समन पाठकले दिएको जानकारी अनुसार विरोध सभामा श्रमिकहरूले पनि कमान प्रबन्धकको हैकमवाद नीतिको विरोध जनाए। स्मरण रहोस, दार्जिलिङ जिल्लाको सिङ्ताम चिया बगानका एकजना श्रमिकलाई कमानको प्रबन्धकले कमानमा नआए घर छोडेर जाने नोटिस दिएपछि विभिन्न श्रमिक संगठनहरूले यसको विरोध जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *