सिंगताम चियाबारीमा महा शिवरात्री पुजा

दार्जिलिङ (निसं): सिंगताम चियाबारीको सहिस धुरास्थित भोले बाबा धाममा गत वर्ष झै यो वर्ष पनि आज भव्य रूपमा महा शिवरात्री पुजा गरियो। यस पुजामा होम-आरती साथै भक्तजनको निम्ति भण्डारा पनि रहेको थियो। यस मन्दिरको स्थापना एकजना भारतीय सेनाका अवकाश प्राप्त व्यक्तिले गरेका थिए। हाल गुरुजी ताप्लेजुङमा पनि मन्दिर स्थापना गरेर बसेका छन्।


प्रत्येक वर्ष भोले बाबा धाम कमिटीले पुजापाठ गर्ने गर्छन् भनी कमिटी सदस्य संजीव गिरीले जानकारी गराएका छन्। यस धाम नजिक प्राचीन माता मन्दिर पनि रहेको छ। पुजा कमिटीले त्यस मन्दिरमा पनि पुजा-पाठ गर्ने गर्छन् भनी थप गिरीले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *