सिंगताम पवर हाउस मैदानमा आजदेखि फुटबल प्रतियोगिता शुरू

मङ्पु (निसं): हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको विशेष सहयोगमा सिंगताम पवर हाउसमा निर्माणाधिन खेल मैदानलाई पुन: निर्माण गरिदिएको छ। यसपछि सिंगताम नव ज्योती स्पोर्टिङ क्लबको आयोजनामा उक्त खेल मैदानमा आजदेखि नगद राशी फुटबल प्रतियोगिता आरम्भ भएको छ। खेल आरम्भ हुन अघि आज प्रमुख अतिथि एडवार्डसकै बहुलीबाट उक्त खेल मैदानको पनि विधिवत् उदघाटन गरियो। उक्त फुटबल प्रतियोगिताको उद्घाटन म्याच अवधि सिंगताम नव ज्योति क्लबका सभापति आर्दश तामाङले भने, अजय एडवर्डसको सहयोगमा यहाँको खेल मैदान निर्माण हुन सकेपछि नै आजदेखि नकाउट फुटबल खेल शुरू भएको छ। प्रतियोगितामा विजय दललाई 1 लाख सहित ट्रफी अनि उप विजेता दललाई 50 हजार रूपियाँ सहित आकर्षक ट्रफी प्रदान दिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *