सिङगिंग बार चाँडो बन्द गर्नु पर्ने माग गर्दै कञ्चनजङ्घा स्टेडियम नजिक विरोध प्रदर्शन

सिलगढी: सिलगढीको 12 नम्बर वार्डका मानिसहरूले इलाकामा सिङगिंग बार चाँडो भन्दा चाँडो बन्द गर्नु पर्ने माग गर्दै कञ्चनजङ्घा स्टेडियम नजिक विरोध प्रदर्शन गरे। उक्त सिङगिंग बारमा विभिन्न प्रकारको असमाजिक कार्यहरू हुने गरेको समेत आरोप लगाइएको छ। उक्त विरोध प्रदर्शन अवधि इलाकाका महिलाहरू पनि सामेल थिए। तिनीहरूले लगाएको आरोप अनुसार 12 नम्बर वार्डमा एक मात्र सिङगिंग बार रहेको छ भने कहिले काहीं उक्त बार बाहिर झै-झगडा हुने गर्दछ। यसको साथै यसले गर्दा इलाकाको वातावरण नै खराब भइरहेको पनि महिलाहरूले आरोप लगाएका छन्। उक्त मामिलालाई लिएर पुलिस तथा नगर निगमलाई पनि अवगत गराइने महिलाहरूले बताएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *