सिन्कोना बगानका श्रमिकहरूको वेतन चाँडै बढोत्तरी साथै ग्रुप डी-को पद्धोनति हुनेछ: सीपीएलयु

मङ्पु (निसं): सिन्कोना तथा हर्टिकल्चर विभागका मन्त्री अनि विभागीय सचिवसित हालै कोलकातामा भेट गरेर सिन्कोना बगानका श्रमिकहरूको बेसिक-पे बढोत्तरी गरिनु पर्ने अनि ग्रुप डी-को पद्धोनति विषयमा कुराकानी गरिएको जानकारी गराउँदै सिन्कोना प्लन्टेशन वर्कर्स युनियनको पहलमा अब चाँडैं सिन्कोना बगानका श्रमिकहरूको बेसिक पे बढोत्तरी भएर 9 देखि 10 हजारसम्म मासिक वेतन पुग्ने भएको दावी गरिएको छ। आज मङ्पुमा पत्रकार सम्मेलन गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिन्कोना प्लन्टेशन लेबर युनियन केन्द्रिय समिति अध्यक्ष अध्यक्ष गगन राई, सचिव जेके राईले यसबारे जानकारी गराएका छन्। युनियनका केन्द्रीय सभापति गगन राईले बताए अनुसार सिन्कोना बगानको श्रमिक ग्रुप डी-को पदोन्नति बिषय लिएर पनि सम्बन्धित विभागीय सचिवसित कुराकानी गरिसकेको र यस विषयमा यसै महिनाको अन्ततिर एउटा युनियन टोली अनि जीटीए-को सिन्कोना विभागका सभासद फेरि कलकता पुगेर सम्बन्धित विभागका मन्त्री अनि सचिवसित फेरि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *