सिन्कोना बगानमा ग्रुप डी-को लागि श्रम एवम् कानुन मन्त्री मलय घटकसित तृणमूल प्रतिनिधिको भेट

मङपु : विगत 2013-देखि बन्द अवस्थामा रहेको सिन्कोना निर्देशालयको ग्रुप डी पदहरूको नियुक्ति विषयलाई लिएर हिल तृणमूल कांग्रेस र सिन्कोना प्लान्टेसन वर्कर्स युनियनको केन्द्रीय समितिका पदाधिकारीहरूको एउटा टोलीले गत 29 दिसम्बरमा पार्वत्य मामिला विभागका विशिष्ट सचिवलाई अनि 31 दिसम्बरमा कोलकातामा श्रम एवम् कानुन मन्त्री मलय घटकसित भेट गरेका थिए।  राज्यसभा सांसद शान्ता छेत्रीको नेतृत्वमा गएका उक्त टोलीमा हिल तृणमूल कांग्रेसका अध्यक्ष एलबी राई, किरण ब्लोन, सन्तोष खवास, निमदोर्जी योन्जनसञ्जय तामाङ र सञ्जीब तामाङ सामेल थिए। राज्यसभा सांसद छेत्रीले शिष्ट मण्डलीको नेतृत्व गरेका थिए। उक्त भेटघाट अवधि श्रम एवम् कानुन मन्त्री मलय घटकले केही समयको अवधिमै सिन्कोना उद्योगबारे सरकारले ठोस पहल गरिदिने साथै सिन्कोना मजदुरहरूको बेसिक पे-मा पनि बढोत्तरी गरिदिने आश्वासन दिएको किरण ब्लोनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *