सिन्कोना कर्मचारी ऋणदान सहकारी समितिको सभा

मङपु : मङ्पुस्थित दार्जिलिङ जिल्ला केन्द्रीय सहकारी ब्याङ्कको प्रेक्षागृहमा सिन्कोना कर्मचारी ऋणदान सहकारी समितिको विशेष साधारण सभा समिति अध्यक्ष पीएम रामुदामुको सभापतित्वमा सम्पन्न गरियो। सभामा मुख्य अतिथिको रूपमा मङ्पु सहकारी ब्याङ्कका शाखा प्रबन्धक उमेश शाह उपस्थित रहेका थिए। उक्त समितिका संस्थापक सदस्य एमबी रसाईलीलाई समितिको अधिनियम अनुसार सदस्यताबाट विदा गरियो। सभाको शुरूमा सचिव दीप थापाले उपस्थिति सबैलाई सहकारी समितिको उत्तरदायित्वबारे प्रकाश पारे। शिवलाल मोक्तानद्वारा स्मारिका पठन गरिएपछि वर्तमान रङ्वी विभागका गेङमेन  मदन राईको बाहुलीबाट एमबी रसाईलीलाई हस्तान्तरण गरियो।


आजको सभामा उपरोक्त सहकारी समितिका 22 जना सदस्यहरूले भाग लिएका थिए। शाखा प्रबन्धक शाहले सहकारी समितिको माध्यमबाट सिन्कोना तथा कार्यालयका कर्मचारी एवम् अधिकारीवर्गले के-कस्ता सहुलियतहरू पाउन सक्छन् अनि कस्ता योजनाहरू गरेमा समितिलाई सक्रिय बनाउन सकिन्छ भन्नेबारे प्रकाश पारे।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *