सिन्कोना निर्देशालयको पहलमा कृषि बागवानी अनि सुन्तला महोत्सव हुने

मङपु (निस): सिन्कोना एवम् अन्य औषधीय पौधा निर्देशालयद्वारा उद्यान सप्ताह पालनको आयोजना आगामी 5 देखि 13 दिसम्बर 2022 सम्म गरिने भएको छ। यसैक्रममा 9 दिसम्बर मङपुमा, 10 दिसम्बर लाटपन्चरमा सुन्तला म्हाउत्सव पालन गरिने भएको छ। यसपछि 11 देखि 13 दिसम्बर कालेबुङमा कृषि बागवानी महोत्सव हुने भएको छ। आज मङपु निर्देशालय भवनमा एउटा पत्रकार सम्मेलन गरेर सिन्कोना बगान निर्देशक डा. सामुएल राईले यसबारे जानकारी दिएका छन्। यस अवसरमा सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछाने, बोटानिष्ट लिना सुब्बा अनि सह-ब्यवस्थापक एमडी मुस्ताफा पनि प्रमुख रूपमा उपस्थित थिए। पश्चिम बङ्गाल राज्यको सबै जिल्लामा उद्यान सप्ताह पालन जुलाई महिनामा नै सम्पन्न भए तापनि सिलगढी महकुमा परिषद लगायत दार्जिलिङ र कालेबुङ जिल्लामा यो कार्यक्रम हुन सकेको थिएन। खाद्य परिशोधन एवम् बागवानी विभागद्वारा सिन्कोना निर्देशालयलाई यो कार्यक्रम गर्ने जिम्मेवारी दिएको हुनाले उक्त कार्यक्रम सिन्कोना निर्देशालयको हेरचाहमा गरिने भएको सिन्कोना निर्देशक डा.सामुएल राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *