सिन्कोना श्रमिकहरूको 23औँ दिन पनि धरना र जुलूस जारी, धरनास्थलमा पुगे तृणमूलका शीर्ष नेताहरू

मङ्पु : सिन्कोना बगानका श्रमिकहरूलाई ग्रुप डी-को पद्दोन्नति गरिनु पर्ने मागमा टीएमसी-को ट्रेड युनियन अनि सिन्कोना सहायक संगठनको संयुक्त पहलमा लगातार आज 23औँ दिन पनि सिन्कोना बगान निर्देशक कार्यालय मङ्पु अघि धरना अनि जुलूस कार्यक्रम जारी छ। टीएमसी सिन्कोना प्लान्टेसन वर्कर्स युनियनको आयोजनमा सम्पन्न उक्त धरना अनि जुलूस कार्यक्रममा सामेल हुन आज टीएमसी राज्यसभा सांसद शान्ता छेत्री, विनय तामाङ, एनबी खवास लगायत आरआर ब्लक पार्टी सभापति सञ्जय सुब्बा धरना स्थलमा पुगे। यसरी सिन्कोना बगान ग्रुप डी पद्दोन्नतीलाई लिएर दार्जिलिङ जिल्लापालको पहलमा आज चार बजे बेलुकी लालकोठीमा सिन्कोना बगान निर्देशक एवम् टीएमसी ट्रेड युनियन सीपीडब्ल्युयुमाझ महत्वपूर्ण बैठक हुने युनियन सभापति सन्तोष खवासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *