सिन्कोना श्रमिकहरूको आन्दोलन स्थगित

मङ्पु: जीटीए चुनाउको अधिसूचना जारी भएकोले गर्दा चुनाउ आचार संहितालाई ध्यानमा राख्दै सिन्कोना श्रमिकहरूको डी ग्रूपमा पदोन्न्ति गरिनु पर्ने मागमा सिन्कोना बगानका श्रमिकहरूद्वारा गत केही दिन अघिदेखि मङ्पुमा लगातार जारी धरना तथा प्रदर्शन आन्दोलन आजदेखि स्थगित गरिएको छ। यसबारे आज टीएमसी ट्रेड  युनियनका नेता मुनाल घिसिङले पत्रकारहरूलाई जानकारी दिएका छन्। चुनाउ आचारसंहिताको मियाद समाप्त भएपछि पुन: सिन्कोना श्रमिकहरूको आन्दोलन जारी रहने कुरा तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *