सिन्कोना श्रमिकहरूको दैनिक रोज वृद्धि

सिलगढी : दार्जिलिङ तथा कालेबुङ जिल्ला अन्तर्गत पर्ने सिन्कोना चियाबगानमा कार्यरत वयस्क श्रमिकहरूको निम्ति खुसीको खबर रहेको छ। सिन्कोना बगानको श्रमिकहरूको दैनिक तथा मासिक रोज बङ्गाल सरकारले वृद्धि गरेको बारे एउटा अधिसूचना सरकारको सम्बन्धित विभाग लेबर कमिश्नर कार्यालय मार्फत् जारी गरिएको छ। अब सिन्कोना श्रमिकहरूको दैनिक रोज 271 रुपियाँ अनि मासिक वेतन 7044 रुपियाँ रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *