सिपाहीधुरा चियाबारीमा कोरोना भ्याक्सिन शिविरको आयोजना

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे-महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा कोरोना भ्याक्सिन शिविरको आयोजना गरियो। सिपाहीधुरा चियाबारी प्रबन्धन पक्षबाट आयोजित उक्त भ्याक्सिन शिविरमा 18 वर्षदेखि 44 वर्षसम्मका मानिसहरूलाई कोरोना भ्याक्सिनको पहिलो खोप लगाइयो।  सिपाहीधुरा चियाबारी प्रबन्धन पक्ष र सुकना खण्ड स्वास्थ्य केन्द्रको सहयोगमा सम्पन्न उक्त भ्याक्सिन शिविरमा अपरान्ह 4.30 बजेसम्म मोठ 315 जना मानिसहरूले भ्याक्सिनको पहिलो खोप लगाएको बताइएको छ। उक्त शिविरमा सिपाहीधुरा चियाबारीका युवाहरूले भोलेन्टियर्सको कार्य सम्पन्न गरेका थिए। आजको शिविर सम्बन्धमा सिपाहीधुरा चियाबारीका युवा दावा तामाङ र रुद्रमणि गजमेरले गाउँमै भ्याक्सिनको शिविर आयोजना गरिएकोमा प्रबन्धन पक्ष र सुकना खण्ड स्वास्थ्य केन्द्र लगायत तीनधारे पुलिस आउट पोष्ट, स्वास्थ्यकर्मीहरू र आशाकर्मीहरूप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *