सिपाहीधुरामा गोजमुमो बिमल पन्थीको शाखा गठन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमल पन्थीको सभा खरसाङको सिपाहीधुरा चियाबारी डिभिजनमा समष्टि संयोजक राजेश गजमेरको सभापतित्वमा समपन्न भयो। सभामा सर्वसम्मतिले उक्त शाखाको गठन गरियो, जसमा संयोजक संजय तामाङ, अभिभावक मोर्चामा सभापति संजीब छेत्री, उपसभापति शयाम सुब्बा, सचिव रमेश तामाङ, सह-सचिव पुष्कर (संजय) तामाङ, कोषाध्यक्ष रजत छेत्री, कार्यकारिणी सदस्यहरू रबिन तामाङ, निमा तामाङ, छिरिङ शेर्पा, अनजोत तामाङलाई चयन गरिएको छ। त्यसरीनै, युवा मोर्चामा सभापति प्रबेश राई, उपसभापति सचिन राई, सचिव दिपेन सुब्बा, सहसचिव शयाम छेत्री, कोषाध्यक्ष बिशाल राई, कार्यकारी सदस्यहरू सुरज तामाङ, निकेश तामाङ, पवन छेत्री, नरेश सुब्बा, भिक्की तामाङलाई चयन गरियो। नारी मोर्चामा सभापति प्रतिमा राई, उपसभापति प्रणाम तामाङ, सचिवा रेश्मा मुखिया, सहसचिव दिपिका सुब्बा, कोषाध्यक्ष पुनम थापा, कार्यकारिणी सदस्यहरू दिपिका सुब्बा, अनिता तामाङ, देविका छेत्री, अत्तिमाया गुरुङ , निलिमा सुब्बा रहेका छन्। सभामा सम्पूर्ण सदस्यहरुले अध्यक्ष बिमल गुरुङ साथै विस्थापित अन्य सदस्यहरूलाई अति भव्य रूपमा स्वागत गर्ने निर्णय लिइयो। सभामा बिकास गुरुङ, छेपल शेर्पा ,रबिन,अरुण थापा, पुकार राई, संजोक राई, बिकास खवास र शरण देवानले सम्बोधन गरेको टुङ्ग सन्त मेरिज समष्टि प्रसार-प्रचार सचिव सचिन ठकुरीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *