सिपाहीधुरामा प्रकाशनको संस्थापकहरू र अनुवादकहरूलाई अभिनन्दन

खरसाङ : खरसाङको सिपाहीधुरामा सम्पन्न एउटा कार्यक्रमबीच वचन प्रकाशनको संस्थापकहरू र अनुवादकहरूलाई अभिनन्दन जनाइयो। सिपाहीधुराको येशु ख्रीष्टको चर्च भवनमा योसिहा ट्रस्टको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा लामो समयदेखि नेपाली क्रिश्चियन क्षेत्रमा नेपाली भाषामा बाइबलको टिप्पणीहरू, नेपाली भजनको पुस्तक, बाइबलीय शिक्षा र अन्य विषयमा लगातार रुपमा प्रकाशन र अनुवादमा कार्य गरिरहेका रेभरेन्ट बिजय मनेन र पास्टर प्रेमनाथ मनेनलाई सम्मान गरियो। पास्टर राजीव सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साथै वचन प्रकाशनको विषयमा संक्षिप्तमा बताए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा रेभरेन्ट बिजय मनेन उपस्थित थिए भने तिनकी पत्नी रुथ मनेन पनि उपस्थित थिइन्। यसै कार्यक्रममा रेभरेन्ट बिजय मनेन र पास्टर प्रेमनाथ मनेनलाई सम्मान पत्र र शल ओढ़ाएर सम्मानित गरियो। यस अवसरमा गीत, कविता, नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *