दार्जिलिङ : भाजपाका पूर्व दार्जिलिङ जिल्ला सचिव शिशिर शर्मालाई गोजमुमो विनय खेमाको केन्द्रीय समितिको सांगठनिक सचिवको पदमा छनौट गरिएको छ। गोजमुमो पार्टी सूत्रले दिएको जानकारीअनुसार तिनले हालै भाजपाको दार्जिलिङ जिल्ला समिति सचिवको पद त्यागेर गोजमुमोमा सामेल भएका थिए। तिनलाई पार्टीको केन्द्रीय समितिद्वारा उक्त पदमा चयन गरिएको बताइएको छ।