शिशु कन्याको उपचारको लागि सबैसित सहयोगको अपील

राजगञ्ज : 29 दिनको शिशु कन्या जटिल रोगले ग्रसित भएपछि तिनको उपचार गर्न असमर्थ रहेका मजदुर परिवारले सबैसित सहयोगको अपील गरेका छन्। प्राप्त जानकारीअनुसार राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको साहेबबारी गाउँ निवासी नृपेन दास पेशाले दिन मजदुर हुन्। गत 1 अगस्तमा तिनको स्वास्नीले एउटी शिशु कन्यालाई जन्म दिएकी थिइन्। उक्त शिशुको रीढको हड्डी बाङ्गिएर अङ्ग्रेजी अक्षर यु आकारको भएकोले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा यसको उपचारको व्यवस्था नरहेको बताइएको छ। यहाँका डाक्टरहरूले उक्त शिशुको उपचार कलकत्ताको गैर सरकारी अस्पतालमा गर्ने परामर्श दिएको साथै उपचारको लागि 2 लाख रुपियाँ खर्च हुनाले उक्त मजदुर परिवार असमर्थ छन्। यसैले पीडित परिवारले शिशुको उपचारको लागि सबैसित सहयोगको अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *