शिशु कन्यासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

खोरीबारी : शिशु कन्यासित दुष्कर्म गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम जिब्रानुस कुजुर (20) बताइएको छ। पीडित शिशु कन्या तेस्रो श्रेणीकी छात्रा हुन्। प्राप्त जानकारी अनुसार घरमा कोही नरहेको फाइदा उठाएर उक्त युवक घरभित्र पसेर शिशु कन्यालाई मोबाइल देखाउने प्रलोभन देखाएर तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। यसबारे कसैलाई भनेको खण्डमा परिवारका सदस्यहरूलाई मार्ने धम्की समेत दिएको बताइएको छ। पछि शिशु कन्या अस्वस्थ्य भएपछि तिनले बोज्युलाई घटनाबारे बताएपछि परिवारका सदस्यहरूले गत अबेर राति घटनाबारे खोरीबारी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा गत अबेर राति नै पुलिसले आरोपी युवकलाई बुढागञ्ज इलाकाबाट पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *