शिशु श्रमिक विद्यालय बन्द भएपछि शिक्षकहरू धरनामा

गंगारामपुर : दक्षिण दिनाजपुर जिल्लामा केन्द्र सरकारको अधिनस्थ रहेको 40 वटा शिशु श्रमिक विद्यालय बन्द गरेको प्रतिवादमा आज विद्यालयका शिक्षक अनि कर्मचारीहरू आ-आफ्नो परिवारका सदस्यहरू साथमा लिएर सडकमा धरनामा बसे। मानिसहरूले यस विद्यालयहरूलाई पूर्ण रूपले बन्द गर्ने षड़यन्त्र गरेको बताए। प्राप्त जानकारी अनुसार शिशु श्रमिकहरूलाई पठन-पाठनको लागि 22 वर्ष अघि दक्षिण दिनाजपुर जिल्लामा उक्त विद्यालयहरूको निर्माण गरिएको थियो। केन्द्र सरकारको अधिनस्थ रहेको यी शिशु श्रमिक विद्यालयको सञ्चालन एनजीओ-ले गर्दै आइरहेको थियो। केन्द्र सरकारले यस परियोजनाको लागि रुपियाँ आवन्टित गरे तापनि गत 31 दिसम्बर 2019-को दिन शिक्षक र कर्मचारीहरूलाई केही महिनासम्म स्कूल बन्द गरिने जानकारी दिएपछि शिक्षक तथा कर्मचारीहरू चिन्तित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *