शीतलकुचीमा नामाङ्कन पत्र बुझाएर घर फर्किरहेको समय डम्परको धक्का लागेर माकपा प्रार्थीको मृत्यु

कुचबिहार : कुचबिहारको शीतलकुची बीडीओ कार्यालयमा नामाङ्कन पत्र बुझाएर फर्किरहेको समय डम्परको धक्का लागेर सीपीआईएम प्रार्थीको मृत्यु भएको छ। उक्त घटना माथाभाङ्गा शीतलकुची सडकको बाउदिया बजार इलाकामा घटेको हो।  प्राप्त जानकारी अनुसार आज खलिसामारी गाउँका सीपीआईएम प्रार्थी आयशा बीबी आफ्ना छोरा आजाद मियाँलाई साथमा लिएर शीतलकुची बीडीओ कार्यालयमा नामाङ्कन पत्र बुझाउन गएकी थिइन्। यसपछि बाइकमा सवार भएर घर फर्किरहेको समय बाउदिया बजार इलाकामा द्रुत गतिमा आइरहेको एउटा डम्परले धक्का दिँदा सीपीआईएम प्रार्थी आयशा बीबीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। तिनको छोरा आजादलाई घाइते अवस्थामा उद्धार गरेर शीतलकुची ब्लक स्वास्थ्य केन्द्रमा लगियो। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि माथाभाङ्गा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *