सीतलकुचीमा टोटो चालकको क्षत्-विक्षत् अवस्थमा शव उद्धार

सीतलकुची : सीतलकुचीको गांगधार इलाकामा टोटो चालकको गोली लागेर क्षत-विक्षत अवस्थामा शव उद्धार भएको छ। मृतक चालक सीतलकुची धरलापार इलाका निवासी रविकान्त बर्मनको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार हिजो राति लगभग 8 बजी गांगधार इलाका गोली चलेको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेर हेर्दा सडक छेउमा उक्त चालक गोली लागेर क्षत्-विक्षत् अवस्थामा रहेको साथै केही पर एउटा पिस्तोल पनि रहेको बताइएको छ। यसपछि तिनीहरूले घटनाबारे पुलिसलाई जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त चालकलाई उद्धार गरेर अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।  घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *