सिटोङ-लाटपञ्चर समष्टिबाट 60 परिवार गोजमुमो बिमल खेमामा सामेल

दार्जिलिङ: खरसाङ महकुमा अन्तर्गत पर्ने सिटोङ-लाटपञ्चर समष्टिका 60 भन्दा धेर मानिसहरूले गोजमुमो-2 पार्टी छोडेर आज बिमल गुरुङलाई समर्थन गर्दै तिनको पार्टी गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। तिनीहरूले आज दार्जिलिङको पात्लेबाँसस्थित पार्टी कार्यालयमा पुगेर अनित थापाको साथ छोडेर अब आफ्नो पुरानै घर गोजमुमोमा फर्किआएको बताए। यसपछि तिनीहरूलाई पार्टी अध्यक्ष बिमल गुरूङ लगायत पार्टीका केन्द्रीय नेताहरू महासचिव रोशन गिरी, केन्द्रिय सदस्य सोनाम याखा, प्रवीण रहपाल आदिले खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *