सिटोङ-लाटपञ्चर समष्टिद्वारा अनित थापालाई समर्थन

मङ्पु: सिटोङ-लाटपन्चर समष्टि कमिटीको आयोजनामा आज घलेटार सार्वजनिक भवनमा गोजमुमो 2 को समष्टि सभापति केबी गुरुङको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभामा यस समष्टि कमिटी प्रतिनिधि साथै बुथ कमिटी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभामा समष्टिका पार्टी महासचिव रतन गुरुङले स्वागत सम्भाषण राखे भने साङ्गठनिक सचिव रतन थापा, केन्द्रीय समिति सदस्य प्रमोद राई, समष्टि संयोजक नारायण थापा, नविन चामलिङ, आदिले सम्बोधन गर्दै पार्टीका कार्यवाहक अध्यक्ष अनित थापालाई आफुहरूको पूर्ण समर्थन रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *