सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँदेखि कुन्तीटारसम्मको सड़कको मरमति

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँदेखि कुन्तीटारसम्मको सड़क सिटोङका समाजयेवी बिक्रम राईले आफ्नै खर्चमा मरमति गरिदिएका छन्। विगत केही दिनअघि सिटोङ एकको कुन्तिटार गाउँवासीको तर्फबाट सिटोङ (1) मेन रोडदेखि डायरी गाउँ भएर कुन्तिसम्म जाने रोड कच्चा भए तापनि यसको मरमति गरिदिने समाजसेवी बिक्रम राईलाई अनुरोध गरेका थिए। कुन्तीटार ग्रामवासीको अनुरोधलाई पुरा गर्दै समाजसेवी बिक्रम राईले उक्त जीर्णावस्थामा रहेको सड़कको मरमति गरिदिएका छन्। तिनले सिटोङ एकको डायरी गाउँस्थित खेल मैदानको मुनिदेखि कुन्तीटारसम्म पुग्ने मोठ डेढ़ किलोमीटरको बाटो स्थानीय ग्रामवासीको सुविधाको लागि जेसीपी लगाएर मरमति गरिदिएका छन्। उक्त सड़कको मरमतिमा सिटोङका अर्का एकजना समाजसेवी डिगेल लेप्चाको सहभागितामा एक दिनमै जेसीबी मसिनद्वारा बाटो मरमति कार्य सम्पन्न गरी दिएको छ भने यस बाटोलाई केही दिनभित्रमा अर्का समाजसेवीले अझै मरमति गरिदिने जानकारी प्राप्त भएको छ। यसरी आफ्नो क्षेत्रको सड़कको मरमति गरिदिएकोमा कुन्तीटारवासीहरूको पक्षमा स्थानीय सञ्जय राईले समाजसेवी बिक्रम राई साथै डिगेल लेप्चाप्रति पनि आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *