सिटोङ ग्रामीण क्षेत्रको विविध समस्यालाई लिएर समाजसेवी बिक्रम राई कोलकत्ता भ्रमणमा

मङ्पु: दार्जिलिङ जिल्लाको खरसाङ ब्लक अन्तर्गत मङ्पुको सिटोङ क्षेत्रमा सडक, पिउने पानी, स्वस्थ्य, शिक्षा लगायत विविध ग्रामीण समस्याहरू रहेकोले यसको समाधान गर्ने लक्ष्य लिएर हाल सिटोङका समाजसेवी बिक्रम राई कोलकत्ता भ्रमणमा रहेका छन्। सिटोङ क्षेत्रका यी विभिन्न समस्याहरूलाई लिएर तिनले सम्बन्धित विभागीय मन्त्री तथा सचिवहरुसित भेटने क्रम जारी राखेका छन्। राज्यका विभिन्न ठाउँहरुमा हुने नगरपालिका चुनाउको लागि हाल प्रचार प्रसार अन्तिम चरणमा जोडतोडले चलिरहेको कारण अधिकजसो मन्त्रीहरु व्यस्त रहेकोले तिनीहरुसित हालसम्म भेट गर्न नसकिए तापनि तिनीहरूलाई भेट्नको लागि अझ कही समय लाग्ने बताइएको छ। यसैगरी, मुख्यमन्त्री ममता ब्यानर्जी पनि हाल युपी चुनाउको प्रचारमा गएको कारण तिनलाई भेट्न समय लाग्ने भए तापनि मुख्यमन्त्रीलाई भेट गरेर नै घर फर्किने कुरा बिक्रम राईले फोनमार्फत जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार हिजो तिनले ममता ब्यानर्जीका भाई कार्तिक ब्यानर्जीसित भेट गरेर सिटोङको बिषयमा कुराकानी गर्दै सपरिवारलाई सिटोङ आउने निम्तो पनि दिएका छन्।


यसैगरी आज तिनले विभिन्न विभागका सचिवहरुसित भेट गरेर सिटोङको विविध समस्यहरु बिषयमा जानकारी गराउँदै यसको समस्या समाधान गरिदिने माग गरेका छन्। यसवाहेक, कोलकता पुगेर सिटोङको मुलभूत समस्या बिषयमा साईराम च्यारिटेबल संस्थाका पदाधिकारीहरू सित पनि बैठक गरेको कुरा बिक्रम राईले जानकारी दिएका छन्।
स्मरण रहोस, समाजसेवी बिक्रम राईले आफ्नो गच्छेले भ्याएसम्म जतिसक्दो यस क्षेत्रका पैह्रो पीडित, अग्नि पीडितलाई सहयोग, घर नभएका विपन्न परिवारका मानिसहरूलाई घर निर्माण गरिदिनको साथै बिरामीहरुलाई उपचारको लागि सदैव अग्र पंक्तिमा आएर सहयोग गर्दै आइरहेका छन्। तिनको कोलकत्ता भ्रमण फलप्रद रहने साथै यहाँको धेरैवटा मुलभूत समस्या समाधान हुनेबारे आशा साचेका छन् सिटोङका जनताले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *