सिटोङको बाटो कालो बाटोमा परिणत गरिदिने अजय एडवार्डसको जनतालाई आश्वासन

सिटोङ (निसं): चुनाउ प्रचारमा गएका हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस सिटोङको बाटोको जीर्ण अवस्था देखेपछि आज निक्कै भावुक देखिए। जीटीए सभाको चुनाउ प्रचार गर्दै आज हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस बडा सिटोङ पुगेका थिए। यस अवधि तिनले बाटोमा ‘नो रोड नो भोट’ लेखेको ब्यानर देखेर निकै भावुक भए। भारत देशको कुनै पनि नागरिकले यस्तो बयान दिनु सक्दैन तर यस क्षेत्रका वासिन्दाहरूले आफुहरूको गाउँमा कालो बाटो बनाइदिने निवदेन गर्दै कति नेताहरूलाई ज्ञापन पत्र चढायो होला, कति विभागीय अधिकारीहरू समक्ष गुहार लगायो होला तर कही- कतैबाट कुनै आशाको किरण देख्दा नपर्दा नै वाध्य भएर स्थानीय वासिन्दाहरूले यस्तो कदम उठाएको हुनसक्छ भन्दै अजय एडवार्डसले बताए।


तिनले बडा सिटोङका मानिसहरूलाई भरोसा दिलाउँदै भने, मेरो नाम अजय एडवार्डस हो। आजसम्म मैले 220 भन्दा बाटोहरू खन्ने काम गरिसकेको छु अनि ती रातो बाटोहरूलाई कसरी कालो बनाउन सकिन्छ, त्यस दिशामा आफुहरू लागा परेका छौ। बडा सिटोङका वासिन्दाहरूले दु:ख नमान्नु होस्, तपाईंहरूको गाउँमा कालो बाटो अवश्यै आउनेछ भन्ने भरोसा दिलाउँछु तिनले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अझ भने, बडा सिटोङको वासिन्दाहरू समक्ष म प्रण गर्छु, तपाईहरूको गाउँमा कालो बाटो अवश्यै आउने छ साथै तपाईहरूको यस क्षेत्रलाई पयर्टन स्थल पनि बनाउन सकिने प्रवल सम्बावना रहेको छ। हामी राजनैतिक गर्न निस्केका होइनौ तर समाज सेवा गर्न निस्केका हौ। आजसम्म 220 भन्दा धेर कच्चा बाटोहरू बनाई सकेको साथै धेरै गरिब बिमारीहरूको उपचार, गरिब विद्यार्थीहरूलाई शिक्षा दिने कार्य आदि जस्ता समाज सेवाहरू गरि रहेका छौ भनी अजय एडवार्डसले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *