सिटोङको मामरिङ लोअर क्षेत्रमा आँखा जाँच शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङको लोअर क्षेत्रमा अवस्थित सार्वजनिक भवनमा आज आँखा जाँच शिविर सम्पन्न भयो। उक्त आँखा जाँच शिविर बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाइटी कालेबुङ र अप्पर मामरिङको हिमायलन फ्रि चर्चको संयुक्त आयोजनामा गरिएको थियो, मामरिङ क्षेत्रको 30 जनाले आफ्नो आँखा जाँच गराए। यस अवसरमा आँखाको डाक्टर एसके जाकिर हुसैन लगायत सहयोगीहरू रेशमा छेत्री र ऋतु छेत्री उपस्थित थिए। यस अवसरमा बिराती ओम काशीनाथ मेमोरियल वेलफेयर सोसाईटीको तर्फबाट मानिसहरूलाई नि:शुल्क आँखा जाँच गराएर दबाईहरू पनि वितरण गरे भने पचास प्रतिशत छुटको साथमा चश्माहरू पनि प्रदान गरे। सोसाइटीले आँखाको ओपरेशनको लागि सिलगढी लगेर नि:शुल्क रुपमा गरिदिने जानकारी अप्पर मामरिङबाट तिमोथी मुखियाले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *