सिटोङको लोअर तोरयोकमा हाम्रो पार्टी-को बुथ कमिटी गठन

खरसाङ : खससाङ महकुमा अन्तर्गत सिटोङ-लाटपञ्जार समष्टी अन्तर्गत लोवर तोरयोकमा हाम्रो पार्टी-को बुथ कमिटी गठन गरियो। यस कार्यक्रममा लाट-सिटोङ हाम्रो पार्टीको को-अर्डिनेटर प्रताप मंगर लगायत प्रतिनिधिहरू तिमोथी मुखिया, अमित मुखिया, एडी खवास उपस्थित थिए। यस बुथ कमिटीका पदाधिकारीहरूमा सभापति तम्बर लेप्चा, उप सभापति अशोक मुखिया, सचिव छत्र बहादुर मुखिया, सह सचिव पेमा लेप्चा, सल्लाहकार मंगल लेप्चा आदि चयन गरिएको छ। यस गाउँमा पार्टी अध्यक्ष अजय एडवार्डसले 120 बोरा सिमेन्ट पनि पठाइ दिएका छन्‌। यस सहयोगको लागि सम्पूर्ण गाउँलेको पक्षमा बुथ सभापति तम्बर लेप्चाले पार्टी अध्यक्षलाई धन्यवाद दिएका छन्‌।


Leave a Reply

Your email address will not be published. Required fields are marked *